Friday, April 17News That Matters

बाक्सिलामा आयोजित निःशूल्क स्वास्थ्य शिविरको पहिलो दिन ८ सय बढीले लिए सेवा

खोटाङ, वैशाख ४ । खोटाङको केपिलासगढी गाउँपालिले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिकदेखि बालबालिकाले सेवा लिएका छन् । बाक्सीलामा सोमबारबाट सुरु भएको दुई दिने बृहत स्वास्थ्य शिविरको पहिलो दिन ८ सय ७५ जनाले लिए सेवा लिएका हुन् ।

जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसीक तथा नशा रोग, हाडजोर्नी तथा नशा, छाला रोग, नाक,कान, घाटी तथा आँखा रोग, दन्त रोग, ईसिजी, भिडियो एक्सरे, ल्याव टेस्ट सेवा, मिर्गौला रोग, मुटु रोगसहित १५ किसिमको रोगको उपचार तथा पहिचान स्वास्थ्य शिविरमा गरिएको छ । विभिन्न भूगोलबाट आएका महिला, ज्येष्ठ नागरिक, बालबालिका, युवायुवती लगायतले सेवा शिविरमा सेवा लिएका छन् ।

केपिलासगढी गाउँपालिकाले आयोजना गरेको शिविरका लागि काठमाण्डौ मेडिकल कलेजबाट २६ जना चिकित्सकको टोली बाक्सिलामा आएका छन् । शिविरमा स्वास्थ्य जाँच तथा उपचारका लागि आएका नागरिकलाई गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको सहयोगमा काठमाण्डौ मेडिकल कलेजका चिकित्सकहरुले परीक्षण तथा उपचार गरेका छन् ।

शिविरमा आवश्यक पर्ने औषधिको गाउँपालिकाले व्यवस्थापन गरेको छ । शिविरमा आउन तथा उपचारपछि घर जानका लागि गाउँपालिकाले बसकोसमेत व्यवस्थापन गरिदिएको छ ।

शिविर सञ्चालनका लागि काठमाण्डौ मेडिकल कलेजका सञ्चालक एवंम प्रतिनिधिसभा सदस्य सुनिल शर्मा स्वयंम बाक्सिला आएका आउनुभएको थियो । शिविरबाट शल्यक्रिया गर्नुपर्ने विरामी पहिचान भएमा काठमाण्डौ मेडिकल कलेजमा लगेर निशुल्क उपचार गरिदिने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो ।

यसैबिच, केपिलासगढी गाउँपालिकाबासीका लागि एक वर्षसम्म काठमाण्डौ मेडिकल कलेजमा ५० प्रतिशत छुटमा उपचारका लागि सम्झौतासमेत भएको पालिका अध्यक्ष राईले बताउनुभयो ।