Saturday, July 27News That Matters

‘जन्तेढुंगा आमन्त्रित गोल्डकप’ को फाइनलमा भोजपुर फुटबल संघ र बसाहा फुटबल क्लब उदयपुर

शनिबार भएको दोस्रो सेमिफाइनल खेल

खोटाङ, वैशाख ९ । सर्वाधिक पुरस्कार राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ को फाइनलमा भोजपुर फुटबल संघ र बसाहा फुटबल क्लब उदयपुर पुगेका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक जन्तेढुंगा फुटबल क्लबलाई १–० गोलले हराउदै भोजपुर फुटबल संघले फाइनलमा स्थान बनाएको थियो । यस्तै शनिबार भएको सेमिफाइनलको दोस्रो खेलमा भगवती स्पोट्र्स क्लब खोटाङलाई समान १–० गोलले हराउदै बसाहा फुटबल क्लब उदयपुर उपाधिको नजिक पुगेको छ ।

खोटाङको जन्तेढुंगा गाउँपालिकाको विशेष सहयोगमा जन्तेढुंगा खेलकुद विकास समितिले आयोजना गरेको गोल्डकप वैशाख ४ गतेबाट खर्क खेलमैदानमा भइरहेको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको फाइनल खेल सोमबार हुने आयोजक समितिका सचिव अमित राईले जानकारी दिए ।

प्रतियोगिताको प्रथम हुने टिमले रु २ लाख ५५ हजार ५ सय नगदसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । दोश्रो हुने टिमले १ लाख ५५ हजार ५ सय नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनलिष्ट दुई टोलीले नगद रु ५०–५० हजारका साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।

विद्यातर्फ बेष्ट स्टाइकर, बेष्ट गोल्डकिपर, बेष्ट डिफेण्डरलाई नगद रु १० हजार प्रदान गरिनेछ । खेल क्षेत्रबाट पर्यटन प्रवद्र्धनसँगै खेलाडीहरुको क्षमतामा टेवा पुर्याउने उद्वेश्यले गोल्डकपको आयोजना गरिएको सचिव राईले बताए । ८ टिमलाई आमन्त्रण गरेर प्रतिस्पर्धामा उतारिएको गोल्डकपमा विदेशी खेलाडीहरुको पनि सहभागि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *