Thursday, March 5News That Matters

दिक्तेलबाट खोटाङबजार जादै गरेको बसको ढोकाबाट खसेर एक ब्यक्तिको मृत्यु

फाइल तस्विर

खोटाङ, वैशाख ९ । दिक्तेलबाट खोटाङ बजार जादै गरेको बसको ढोकाबाट खसेर एक ब्यक्तिको मृत्यु भएको छ । जिल्ला सदरमुकाम दिक्तेलबाट खोटेहाङ गाउँपालिका केन्द्र खोटाङ बजार जादै गरेको बसको ढोकाबाट खसेर शुक्रबार राती जन्तेढुंगा गाउँपालिका–३ का ३८ वर्षिय दिनेश राईको मृत्यु भएको हो ।

खोटाङ बजार पुग्नै लाग्दा खोटेहाङ गाउँपालिका–४ बड्का दियालेस्थित कुला भन्ज्याङमा शुक्रबार राती करीब ९ः३० बजे ९ः३० बजे बा.३ ख ३४४१ नम्बरको बस गुडिरहेको अवस्थामा राई ढोकाबाट खसेका थिए । ढोकाबाट खसेर बसले किच्दा गम्भीर घाइते भएका राईलाई उपचारकालागि नजिकै रहेको खोटाङ बजार स्वास्थ्य चोकीमा लगिएको थियो । उपचारका क्रममा राईको राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

गुडिरहेको बसको ढोकाबाट खसेर राईको मृत्यु भएपछि उचित क्षतिपूर्ति नमिल्दा परिवारले शनिबार अबेरसम्म शव जिम्मा लिएका थिएनन् । दुवै पक्षबीच सहमती पश्चात शनिबार अपरान्ह पोस्टमार्टमका लागि सिमपानी लगिएको इलाका प्रहरी कार्यालय खोटाङ बजारका प्रमुख प्रहरी निरिक्षक उदयमान विबेजीले जानकारी दिनुभयो ।