खोटाङ, वैशाख ७ । ह्वाटस्एपको माध्यमबाट खोटाङको एक महिलाको ३ लाख भन्दा बढी रकम ठगी भएको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी एक महिलालाई ह्वाटस्एपको माध्यमबाट प्रलोभन देखाएर ३ लाख १५ हजार रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रलोभनमा पारेर ठगी गर्ने नवलपरासी बर्दघाट नगरपालिका–४ की ४७ वर्षीय गीतादेबी चापागाई प्रहरीले पक्राउ गरेको छ । चापागाईले ‘तपाईलाई पाउण्ड पार्सल आएको छ, उक्त पार्सल लिन रकम पठाउनु प¥यो’ भनेर प्रलोभन देखाएको बताइएको छ । ह्वाटस्एपमा मेसेज पठाएर रकम स्क्यान गरेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।
यश विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
