
खोटाङ, वैशाख २७ । खोटाङमा मोटरसाईकल दुर्घनटामा एक ब्यक्ति गम्भीर घाइते भएका छन् । बस र मोटरसाईकल ठोक्किएर दुर्घट्ना हुँदा मोटरसाइकल चालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय राजन राई गम्भीर घाइते भएका हुन् ।
दिक्तेलबाट हुर्लुङतर्फ जाँदै गरेको बा ८३ प २८६६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जन्ती बोकेर आउँदै गरेको बा ३ ख १८९५ नम्बरको बस मध्यपहाडी लोकमार्गको मुढेब नजिक घुम्तीमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घाईते राईको हातखुट्टा, अनुहार र शरीरमा चोट गहिरो चोट लागेको बताइएको छ । उनको दिक्तेलस्थित फेमेली केयर अस्पतालमा उपचार संम्भव नभएपछि एम्बुलेन्समाफर्त शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको छ । उनको नाक र मुखबाट रगत बगिरहेको प्रहरीको भनाइ छ ।
बस, बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।
