
खोटाङ, जेठ ३ । कोशी पद्रेशका विभिन्न जिल्लाका युवाहरुले भ्रष्टाचारीहरुको सामुहिक श्राद्ध गरेका छन् । सुनसरीको दुहबी–३ गणेश मन्दिरमा मंगलबार सम्पुर्ण भ्रष्टाचारीहरुको नर्कमा बासको श्राप सहित सामुहिक श्राद्ध गरेका हुन् ।
देशमा निरन्तर भ्रष्टाचार बढिरहेको र भ्रष्टाचारमा उच्च ओहदाको ब्यक्तिहरुको संग्लनता रहेकाले उनिहरुको नष्ट हुनु पर्ने भन्दै श्राद्ध गरिएको खोटाङका निर्दोष पोखरेलले बताउनुभयो । देशको अर्थतन्त्र खस्किएको तर भ्रष्टाचारीहरु मौलाइरहेकाले उनिहरुलाई पिण्डदान सहित त्रिपनताम गरि बिरोध गरिएको पोखरेलको भनाइ छ ।
