Friday, April 17News That Matters

वडा स्तरीय भलिबलको उपाधि धितुङलाई


खोटाङ, जेठ २३ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा भएको वडा स्तरीय भलिबलको उपाधि धितुङले जितेको छ । वडा कार्यालयको आयोजनामा भएको खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक टिम धितुङले जितेको हो ।

वडाको खेल मैदान लावाचुङ मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा धितुङकै अर्को टिमलाई पराजित गर्दै धितुङ (ए) ले उपाधि आफ्नो पक्षमा पारेको हो । उपाधि जितेको धितुङ (ए) ले नगद २० हजारको सामथा मेडल र प्रमाणपत्र पाएको छ । दोस्रो भएको धितुङ कात्तिकेले नगद १५ हजारको साथमा मेडल र प्रमाणपत्र र तेस्रो हुने टिम दुर्छिमले नगद १० हजारसँगै मेडल र प्रमाणपत्र पाएको धितुङका वडाधयक्ष टेकराज राईले बताउनुभयो ।

प्रतियोगितामा ९ टिमले सहभागि जनाएका थिए । अर्को वर्षबाट वडाध्यक्ष कप आयोजना गर्ने योजना रहेको वडाध्यक्ष राईको भनाइ छ ।