Saturday, July 27News That Matters

अनेरास्ववियुको जिल्ला सम्मेलन असोजमा, संयोजकमा खड्का र सह–संयोजकमा उपरकोटी


खोटाङ, जेठ २३ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको खोटाङ जिल्ला सम्मेलन आगामी असोजमा हुने भएको छ । मंगलबार बसेको अनेरास्ववियुको बैठकले २४ औं जिल्ला सम्मेलन असोजको पहिलो साता गर्ने निर्णय गरेको हो ।

मंगलबारको बैठकलले जिल्ला सम्मेलनको लागि आयोजक कमिटिसमेत गठन गरेको छ । कमिटिको संयोजकमा अनेरास्ववियु खोटाङका वर्तमान उपाध्यक्ष यम खड्का र सह–संयोजकमा सचिव विष्णु उपरकोटी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *