Wednesday, December 6News That Matters

टेम्मामा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुँदै, भाग्यशाली चिट्ठामा टिभी जित्ने अवसर


खोटाङ, असोज २१ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा दसैँ तिहारको अवसरमा पुरुष तथा महिला भलिबल र भाग्यशाली चिट्ठा कार्यक्रम हुने भएको छ । टेम्मास्थित धिप्लुङ भर्ना न्यु स्टार युवा संस्थाको आयोजनामा चाडपर्वको अवसरमा भलिबल प्रतियोगिता र भाग्यशाली चिट्ठा कार्यक्रम हुने भएको हो ।

साबिकको खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको कात्तिक २१ गते उद्घाटन हुने छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा डाँडाखर्क खेल मैनादमा सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुने आयोजक संस्थाका अध्यक्ष विविचन राईले बताए ।

प्रतियोगिताको पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमश रु ३० हजार, २० हजार र १० हजार नगदको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, महिलातर्फ प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमश रु ७ हजार ७७७, ५ हजार ५५५ र ४ हजार ४४४ नगदसँगै मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैबिच, भलिबल प्रतियोगितासँगै भाग्यशाली चिट्ठा कार्यक्रम पनि आयोजना गरिएको अध्यक्ष राईले बताए । रु १०० को टिकटदर कायम गरिएको भाग्यशाली चिट्ठामा प्रथम पुरस्कार ४३ ईन्चको स्मार्ट टेलिभिजन रहेको छ । दोस्रो हुनेले भिभो मोबाईल, तेस्रो हुनेले नगद रु १० हजार प्राप्त गर्ने छन् । चौथो हुने ७ जनाले फिचर मोबाईल पाउँने अध्यक्ष राईले बताए ।

सूचना