Thursday, April 16News That Matters

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा खोटाङमा एक युवा पक्राउ

सांकेतिक तस्विर

खोटाङ, असोज २२ । खोटाङमा यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । गोठालो गएकी आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका २० वर्षीय शिव श्रेष्ठ पक्राउ परेका हुन् ।

आफन्तका अनुसार जंगलमा अमला टिपिदिने बहानामा आरोपित युवाले बालिकालाई करणी गर्ने प्रयास गरेका हुन् । सुरुमा आफ्नो हजुरआमालाई बालिकाले अमला टिपिदिन भनेकी थिइन् । हजुरआमाले बोटमा चडेर अमला झार्न नसक्ने भएपछि सोही ठाउँमा रहेका आरोपित युवालाई अमला टिपिदिन आग्रह गरेको बताइएको छ । अमला टिप्न गएको १०–१५ मिनेटसम्म नफर्किएपछि हजुरआमाले खोजि गर्नुभएको थियो । हजुरआमाले बोलाएपछि बालिका बलात्कार हुन बाट जोगिएकी हुन् ।

कपडा खोलीसकेको बेला हजुरमाले बोलाएपछि आरोपित युवा यौन दुव्र्यवहारबाट पछि हटेको खुलेको छ । ‘थरथर’ काम्दै घर पुगेकी बालिकाले आफ्नो आमालाई भनेपछि घटना बाहिरिएको हो । असोज २० गते हजुरमासँग गोठालो गएकी बालिकालाई अमला टिप्न जाँदा बलात्कार प्रयास गरेको भन्दै उजुरी आएपछि आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक बेनु कार्कीले बताउनुभयो । घटनाकै दिन पक्राउ परेका श्रेष्ठ विरुद्ध मुद्धा दर्ता गरेर म्याद थप प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।