Saturday, July 27News That Matters

जालपाका विपन्न तथा दलित समुदायका १ सय ५० जनालाई निःशूल्क ज्याकेट


खोटाङ, पुस २० । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका विपन्न तथा दलित समुदायका नागकिलाई निःशूल्क ज्याकेट वितरण गरिएको छ । चिसो मौसम छल्न विपन्न तथा दलित समुदायका १ सय ५० जनालाई शुक्रबार निःशूल्क ज्याकेट वितरण गरिएको हो ।

हिमालयन लाइफ इन्स्योरेन्स लिमिडेटले सामाजिक उक्तर दायित्व अन्तरगत विपन्न तथा दलित समुदायका नागरिकलाई न्यानो कपडा अर्थात ज्याकेट प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराई, हिमालयन लाइफ इन्स्योरेन्स लिमिडेटका एसिइओ राजन प्रसाद अधिकारी र जालपाका वडाध्यक्ष दान बहादुर राईले उहाँहरुलाई ज्याकेट प्रदान गर्नुभएको हो । मेयर भट्टराईले केही ब्यत्तिहरुलाई ज्याकेट लगाइदिएर कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।

जालपाका सबै ठाउँका टोल विकास समितिले विपन्न तथा दलित नागरिकहरुको छनोट गरेर वडा कार्यालयसम्म ल्याउने काम गरेको थियो । आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई मध्यनजर गरेर ज्याकेट उपलब्ध गराइएको वडाध्यक्ष राईले बताउनुभयो । मेयर भट्टराई र वडाध्यक्ष राईको पहलमा उनिहरुलाई ज्याकेट उपलब्ध गराइएको हो । चिसो मौसममा न्यानो बनाउने ज्याकेट पाउदा नागरिकहरु खुशी भएका छन् ।

ज्याकेट लिन वडा कार्यालयसम्म अपाङ्गता भएका ब्यक्ति, ज्येष्ठ नागरिक लगायतको उपस्थिति थियो । करीब २ लाख बढीको लागतमा १ सय ५० जनालाई ज्याकेट वितरण गरिएको कम्पनीको दिक्तेल शाखा प्रमुख मात्रिका प्रसाद खतिवडाले बताउनुभयो ।