Friday, April 17News That Matters

खोटाङमा ट्याक्टरले किचेर एक जनाको मृत्यु

मृतक पोखरेल

खोटाङ, चैत ८ । खोटाङमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे सल्लेका ५१ वर्षीय रणबहादुर पोखरेलको ट्याक्टरले किचेर बुधबार साँझ मृत्यु भएको हो ।

दुधकोशीबाट बालुवा ल्याएर आउदै गरेको न ४ त ७८०६ नम्बरको ट्याक्टरमा मलामी गएर फर्किएका पोखरेल पनि चडेका थिए । सुरुमा अगाडीको भागमा चडेका पोखरेल बीच बाटोबाट ट्याक्टरको पछाडीको डालामा चडेका थिए । पोखरेलको घर नजिक पुगेर झर्ने क्रममा उनलाई ट्याक्टरले किचेको ज्यामिरेका वडाध्यक्ष सुनिल राईले बताउनुभयो । ‘झर्ने क्रममा निकै समय ट्याक्टर रोकिएको भन्ने सुनिन्छ, तर खै कसरी ट्याक्टर हिड्ने क्रममा उहाँलाई किचेछ ।’ वडाध्यक्ष राईले भन्नुभयो, ‘ट्याक्टरले किचेको पछिसम्म पनि बोल्दै हुनुहुन्थ्यो, अस्पताल पुगेपछि अचानक मृत्यु भयो ।’

दिउँसो ३ बजे ट्याक्टरले किचेर घाइते भएका पोखरेललाई उपचारको लागि एम्बुलेन्समा ऐसेलुखर्क प्राथमिक उपचार केन्द्र लगिएको थियो । अस्पताल पुगेको केही समयपछि पोखरेलको मृत्यु भएको बताइएको छ । मृतक पोखरेलको पोस्टमार्टमको लागि तयारि भइरहेको वडाध्यक्ष राईको भनाइ छ । ट्याक्टरका चालक रावा बेसी गाउँपालिका–१ कुभिण्डेका प्रकाश बिशंखे र सहचालक ज्यामिरेका पेसल राई पक्राउ परेका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ ।