Saturday, July 27News That Matters

एमाले खोटाङको अधिवेशन सुरु : मन्तव्य सर्वसम्मतको, तयारी चुनावको


खोटाङ, चैत २८ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले जिल्ला कमिटी खोटाङको अधिवेशन सुरु भएको छ । एमाले जिल्ला कमिटीको आठौ अधिवेशन बुधबारबाट सुरु भएको हो । दिक्तेलस्थित कभर्डहलमा सुरु भएको अधिवेशनको एमालेका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेशको पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्नुभएको छ ।

अधिवेशन सफल बनाउन केन्द्र, प्रदेश कमिटीका मनग्य नेताहरु दिक्तेल आएका छन् । जिल्लाका ७९ वडा र विभिन्न संगठनबाट छनोट भएका ५७९ जना प्रतिनिधिहरु अधिवेशनमा उपस्थित छन् । उपाध्यक्ष शाक्यसँगै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, पोलिटव्युरो सदस्य विशाल भट्टराई, संघीय खानेपानी मन्त्री राजेन्द्र राई, केन्द्रीय सदस्यहरु रमेश पौडेल, उषाकला राई, कोशी प्रदेश सांसद एवं पूर्व मन्त्री पाँचकर्ण राई लगायतका विभिन्न नेताहरुको उपस्थिति रहेको छ ।

मन्तव्य सर्वसम्मतको, तयारी चुनावको

अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिधिसँगै धेरै नेताहरुले शुभकामना मन्तव्य राखे । सबैको एउटै बोली सुनिन्थ्यो, कि सर्वसम्मत नेतृत्व चुन्नु पर्छ । हुन् पनि हो, एमाले खोटाङको आठौ अधिवेशन चलिरहदा अहिलेसम्म चुनाव भएको छैन् । सात वटा अधिवेशन सर्वसम्मत भएको सम्झदै सबै नेताले आठौ अधिवेशन पनि सर्वसम्मत गर्छौँ भन्दै आफ्नो मन्तव्य राखेका छन् । तर, सर्वसम्मत नेतृत्व चुनौँ भनिरहेका प्राय सबै नेताहरु धेरै अगाडीदेखि चुनावको तयारी गरिरहेका छन् ।

केन्द्रीय कमिटीमा रहेका एमाले खोटाङका नेताहरु जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न चाहान्छन् । त्यसैले चुनाव नै लडेर भएपनि आफुले चाहेको ब्यक्ति नेतृत्वमा ल्याउने गरी केन्द्रीय नेताहरु लागेको बताइन्छ । यता नेतृत्व दावी गर्नेहरु त प्रतिनिधिलाई भोट माग्नसमेत भ्याइसकेका छन् । अझ भनौँ प्रतिनिधि छनोटमा दुवै पक्षले आफ्ना पक्षका मान्छे ल्याउन होडबाजी नै गरेको सुनिन्छ । त्यसैले एमालेको यो अधिवेशन चुनावमा जाने पक्कापक्की जस्तै देखिएको छ ।

दंगाल र राई अध्यक्षको प्रतिस्पर्धी

नेकपा एमाले खोटाङका वर्तमान अध्यक्ष राम प्रसाद दंगाल पुनः अध्यक्षमा दोहोरिन चाहान्छन् । उता वर्तमान उपाध्यक्ष देव विक्रम राई एक कक्षा माथी चड्न चाहान्छन् । जसकारण यतिबेला जिल्लामा विशेष गरी दंगाल र राईको ठुलो चर्चा छ । केन्द्रीय नेतादेखि गाउँका प्रतिनिधि फकाउन दुवै ब्यस्त छन् । केन्द्र र प्रदेश कमिटीका केही नेताहरु दंगाललाई अध्यक्षमा दोहोराउने पक्षमा छन् । सोही अनुसारका अर्का नेताहरु राईलाई अध्यक्ष बनाउने पक्षमा जुटेका छन् । विशेष गरी पोलिटव्युरो सदस्य विशाल भट्टराई राईलाई अध्यक्ष बनाउनु पर्छ भन्ने पक्षमा छन् । केन्द्रीय सदस्य रमेश पौडेल र उषाकला राई दंगाललाई नै दोहोराउने पक्षमा रहेको बुझिन्छ ।

खोटाङ एमालेमा लोकपृय रहेका नेता दंगाललाई अध्यक्षमा पुनः दोहोराउनु पर्छ भन्ने संख्या धेरै छ । उता पछिल्लो समय उतिकै लोकपृय बनेका नेता राईको पक्षमा पनि उतिकै प्रतिनिध छन् । जसकारण चुनावहुँदा कसले जित्छ भन्नेमा यकिन गर्न सकिदैन् । अविधेशनमा उपस्थित प्रतिनिधिहरुसँग बुझ्दा खोटाङ एमाले हाक्न हाललाई राई भन्दा दंगाल नै उचित पात्र रहेको धेरै प्रतिनिधिको भनाइ थियो । यस्तै, एउटै ब्यक्ति लगातार नेतृत्वमा रहदा अन्य ब्यक्तिहरुले अवसर नपाउने भएकाले नेतृत्व परिवर्तन गर्दै राईलाई अध्यक्ष बनाउनु पर्छ भन्ने प्रतिनिधिहरुको संख्या पनि उतिकै थियो ।

अन्य पदाधिकारीका को को ?

नेकपा एमाले जिल्ला कमिटीको उपाध्यक्षको चाहाना राख्नेहरुमा दुई नेताको नाम बाहिर आएको छ । हालका सचिव कुमार आचार्य उपाध्यक्ष बन्न चाहान्छन्, यस्तै एमालेका नेता उपिन कुमार राई पनि उपाध्यक्षका आकांक्षी रहेको बुझिएको छ ।

जिल्ला कमिटी सचिवको आकांक्षीमा हालका उपसचिव सुरेन्द्र कुमार राईको मात्र नाम चर्चामा छ । यस्तै, सहसचिव पुरुषमा हालसम्म बलियो उम्मेद्वारकोरुपमा ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्र बहादुर राई देखिएका छन् । राजन बन्जरा, दिलचक्र राई लगायतका केही नेता पनि उपसचिवका दावेदार रहेको बुझिएको छ । उपसचिव महिलामा भने कविता राईको नाम चर्चामा छ ।