Saturday, July 27News That Matters

यस्तो बन्यो एमाले खोटाङको नयाँ कार्यसमिति, अध्यक्षमा देव विक्रम राई

क्रमश अध्यक्ष राई, उपाध्यक्ष आचार्य, सचिव राई र उपसिचव बञ्जरा र राई

खोटाङ, चैत ३० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देव विक्रम राई विजयी हुनुभएको छ । आठौँ जिल्ला अधिवेशनका अध्यक्षका अर्का उम्मेद्वार रामप्रसाद दंगाललाई १५२ मतान्तरले पराजित गर्दै राई विजयी हुनुभएको हो । राईले ३३९ मत पाउदा दंगालको पक्षमा १८७ मत परेको हो । हाल अध्यक्षमा निर्वाचित राई यस अघि उपाध्यक्ष हुनुहुन्थ्यो । अध्यक्षमा पराजित दंगाल यस अघि अध्यक्ष हुनुहुन्थ्यो ।

यस्तै, जिल्ला कमिटीको उपाध्यक्षमा कुमार आचार्य विजयी हुनुभएको छ । आचार्यले ३५८ मत पाउदा अर्का उम्मेद्वार उपिन कुमार राईले १३४ मत पाउनुभएको हो । कमिटीको सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध निर्वाचित हुनुभएको छ । बिहीबार मनोनयनका क्रममा सचिवमा राईको मात्रै उम्मेदवारी परेपछि निर्वाचन समितिले उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।

खुल्ला उपसिचवमा राजन बञ्जरा निर्वाचित हुनुभएको छ । उपसिचवमा ७ जनाको उम्मेद्वारी परेको थियो । जसमध्ये सबै भन्दा धेरै १४० मत ल्याएर बञ्जरा विजयी हुनुभएको हो । उपसचिवका प्रतिस्पर्धी गिरेन्द्र बहादुर राईले १३५ मत पाउनु भएको छ । बञ्जरासँग राई ५ मतले पराजित हुनुभयो । यस्तै, अन्य उम्मेद्वारहरु चक्रबहादुर राई (दिलचक्र)ले ६२ मत, दिनेशकुमार राईल ४९ मत, गोपिकृष्ण खड्काले ३३ मत, कमल ढकालले २३ मत र युवराज रिजालले २४ मत पाउनुभएको छ ।

महिला उपसचिवमा कविता राई विजयी हुनुभएको छ । राईले ४१२ मत पाउदा प्रतिस्पर्धी भगवती प्रधानको पक्षमा ८० मत परेको हो ।

नेकपा एमाले खोटाङको आठौँ अधिवेशन बुधबारबाट दिक्तेलस्थित माटिकोरे कर्भडहलमा सुरु भएको हो । सहमति हुन नसकेपछि एमाले खोटाङको पहिलो पटक निर्वाचनमार्फत पदाधिकारी चयन गरिएको हो । शुक्रबार बिहानबाट मतदान सुरु भएको थियो । पदाधिकारीसँगै कतीपय जिल्ला कमिटी सदस्यहरु पनि मतदानमार्फत चुनिएको छ । अधिवेशनमा ५७९ प्रतिनिधि सहभागि थिए । अधिवेशनको एमालेका केन्द्रीय उपाध्य अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्नुभएको थियो ।