Thursday, April 16News That Matters

सामुदायिक भवनमा रहेको कुभिण्डे वडा कार्यालय अब आफ्नै भवनमा


खोटाङ, वैशाख २ । रावा बेसी गाउँपालिका–१ कुभिण्डे वडा कार्यालयले नयाँ आरसिसि भवनबाट सेवा प्रवाह सुरु गरेको छ । सामुदायिक भवनबाट सञ्चालन भइरहेको वडा कार्यालयको आफ्नै भवन निमार्ण गरिएको हो ।

६ कोठे, एक तले आरसिसि नव निर्मित भवनको आइतबार उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला कुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी लगायतको उपस्थितिमा भवन उद्घाटन गरिएको हो । गाउँपालिकाको गत आर्थिक वर्षको रु ४४ लाख (भ्याट सहित) रकममा शिव खिम्ती धुम जेभीले भवन निर्माण गरेको गाउँपालिकाका कम्प्युटर अपरेटर नरबहादुर श्रेष्ठले बताउनुभयो । 

यस अघि वडाको सामुदायिक भवनबाट सेवा प्रवाह भइरहेको थियो । आफ्नै नयाँ भवन निर्माण भएसँगै सेवा प्रवाहमा सहज हुने कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले बताउनुभयो ।