
खोटाङ, वैशाख २५ । खोटाङमा मिडिया ग्रुपलाई सक्रिय बनाइने भएको छ । जिल्लामा ६ वर्ष अघि स्थापना गरिएको मिडिया ग्रुपलाई अब सक्रिय बनाएर लगिने भएको हो ।
जिल्लामा २०७५ सालमा मिडिया ग्रुपको स्थापना गरिएको थियो । हिमाल मिडिया ग्रुप नाम राखेर स्थापना गरिएको ग्रुपले सुरुवाती दिनमा जिल्लाका विभिन्न ठाउँमा पुगेर कार्यक्रमहरु गरेको थियो । केही रेडियोहरुमा प्रायोजन गरेर कार्यक्रमसमेत सञ्चालन गरेको थियो । विगत केही वर्षदेखि सुस्ताएको ग्रुपलाई अब सक्रियरुपमा अघि बढाइने मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।
मिडिया ग्रुपमा अहिले नयाँ कार्यसमितिसमेत चयन गरिएको छ । ज्ञानेन्द्र विश्वकर्मा (कमेडियन) को अध्यक्षमा गठित नयाँ कार्यसमितिले केही समय भित्र दिक्तेलमा कार्यालय स्थापना गरेर विभिन्न काम गर्ने जनाएको छ । कार्यालय स्थापना पश्चात संगीत, नाटक, नृत्य र चित्रकला कक्षा सुरु गर्ने अध्यक्ष विश्वकर्माले बताए । मिडिया ग्रुपलाई सामाजिक संस्थाकोरुपमा दर्तासमेत गर्ने तयारी गरिएको उनको भनाइ छ ।
मंगलबार भएको पत्रकार सम्मेलनमा ग्रुपका पूर्व अध्यक्ष पदम हिङमाङलाई सम्मानसमेत गरिएको छ । स्थापनादेखि हालसम्म ग्रुपको नेतृत्व गरेका हिङमाङको योगदानलाई कदर गर्दै सम्मानपत्रले सम्मान गरिएको वर्तमान अध्यक्ष विश्वकर्माले बताए । ६२ वर्षीय मिडिया प्रेमी हिङमाङकै सक्रियतामा मिडिया ग्रुपको स्थापना गरिएको थियो ।
नयाँ कार्यसमितिमा अध्यक्ष विश्वकर्मासँगै उपाध्यक्षमा चन्द्र परियार, सचिवमा सहविर विश्वकर्मा, सहिसचिवमा मिलन राई र कोषाध्यक्षमा रेजिना राईसँगै ५ जना सदस्यहरु रहेका छन् । ग्रुपको निर्देशकमा लब्ली भिम र म्यानेरजमा अनिस जोशी रहेका छन् । ६ जनाको सल्लाहकार समितिसमेत रहेको छ ।

