
खोटाङ, फागुन १३ । खोटाङमा सुमो र मोटरसाइकल ठोक्किएर दुर्घटनाहुँदा २ जना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानीट्याङ्की अगाडी मध्यपहाडी लोकमार्गमा मंगलबार आज बिहान सुमो र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक पाथेकाका मदन गिरी र पछाडी बस्ने सोही ठाउँका लक्ष्मी प्रसाद गिरी घाइते भएका छन् ।
दिक्तेलतर्फ आउदै गरेको ना १ ज ६२१९ नम्बरको सुमो र विजुलेतर्फ जादै गरेको मोटरसाइकल ठोक्किएका हो । झट्ट हेर्दा मोटरसाइकल गलत दिशामा गएकाले दुर्घटना भए जस्तो देखिएको छ । यस विषयमा थप अनुसन्धान हुन बाकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घाइते दुईजनालाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ । मोटरसाइकल र सुमोको अघिल्लो भागमा क्षति भएको छ । सुमोमा सवार चालकसहित ४ जनै जनालाई केही नभएको बताइएको छ ।