खोटाङ, फागुन २२ । लामो समयदेखि प्रमुख जिल्ला अधिकारी (सीडीओ)विहीन रहेको खोटाङले सीडीओ पाएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङ करिब एक महिना सीडीओ विहिन रहेको थियो ।
गत माघ २४ गते तत्कालीन सीडीओ शिव कुमार कार्की अवकाशमा गएपछि खोटाङ सीडीओ विहीन थियो । करिब एक महिना पश्चात गृह मन्त्रालयले खोटाङको सीडीओमा नरहरि घिमिरेलाई पठाइएको छ ।
खोटाङको सीडीओमा घिमिरेलाई पठाएको मन्त्रालयले जिल्ला प्रशासन कार्यालय खोटाङमा पत्र पठाइसकेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सागर शाहले हाल निमित्त प्रमुख जिल्ला अधिकारीकोरुपमा काम गरिरहनुभएको छ । प्रमुख जिल्ला अधिकारी नहुँदा नागरिकका केही महत्वपूर्ण कामहरु रोकिएका छन् ।
खोटाङसँगै लामो समय सीडीयो विहिन ओखलढुंगा लगाएतका जिल्लाहरुले पनि सीडीओे पाएका छन् ।