इन्धनको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियु खोटाङको प्रदर्शन
कात्तिक २९, खोटाङ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु खोटाङले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिविरुद्ध विरोध प्रदर्शन गरेको छ । अनेरास्वयवियुुले आइतबार साँझ जिल्ला सदरमुकाम दिक्तेलमा राँके जुलुससहित विरोध प्रदर्शन गरेको हो ।
भवनगैरास्थित एमाले खोटाङको पार्टी कार्यालयबाट निकालिएको जुलुस भानुचोकसम्म पुगेको थियो । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने मागसहित प्रदर्शन गरिएको अनेरास्ववियु खोटाङका जिल्ला सचिव मोहन संग्रामले बताउनुभयो ।
प्रदर्शनअघि आइतबार दिउँसो अनेरास्ववियुले प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालमार्फत सरकारलाई ज्ञापनपत्र पठाएको थियो । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिले आम उपभोक्ता मारमा परेको भन्दै तत्काल पुनर्विचार नगरिए आन्दोलनका थप सशक्त कार्यक्रम गर्ने अनेरास्ववियुले चेतावनी दिएको छ ।
नेपाल आयल निगमले हालै खाना पकाउने ग्याँस...
