Friday, October 23News That Matters

ट्रेन्डिङ

अबको तीन दिन मनसुन थप सक्रिय हुने, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

अबको तीन दिन मनसुन थप सक्रिय हुने, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Banner News 1, ट्रेन्डिङ, समाज
अबको तीन दिन मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् । भारतमा बनेको न्यूनचापीय रेखा पूर्वबाट प्रवेश गरेर देशभर फैलिएकाले आजदेखि ५ गतेसम्म मनसुन थप सक्रिय हुने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधिमा  केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ । आज विशेषगरी सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेश-२ र प्रदेश-१ का थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकाे छ । अरु ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अहिले कास्की, स्याङ्जा लगायतका ठाउँमा ठूलो पानी परिरहेको छ । भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, तथा प्रदेश- १ का थोरै ठाउँमा ठूलो पानी पर्ने र पर्सि प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षाको सम्भावना छ । भने अरु ठाउँको मौसम बद्ली भएर हल्कादेखि मध्यमखालको पानी पर्ने स...