Friday, October 23News That Matters

ट्रेन्डिङ

खोटाङबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित, विमलालाई पपुलर मत

खोटाङबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित, विमलालाई पपुलर मत

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असोज १८ । नेपाली कांग्रेस खोटाङबाट १५ औं महाधिवेशनका लागि ३३ जना प्रतिनिधि निर्वाचित भएका छन् । ६ जना प्रतिनिधि निर्विरोधहुँदा २७ जना प्रतिनिधि मतदानमार्फत निर्वाचित भएका हुन् । निरन्तरको वर्षाले पछि सरेको खोटाङको प्रतिनिधिसभा र प्रदेशसभाको अधिवेशन असोज १४ गतेबाट सुरु भएको थियो । प्रतिनिधिको आकांक्षी बढी भएपछि १६ गते मतदान भएको थियो । मतदानमार्फ निर्वाचित विमला राईले पपुलर मत पाउनुभएको छ । हलेसी तुवाचुङ नगरपालिकाको नगर प्रमुखसमेत रहनुभएकी राईले मत संख्याको करिब ८० प्रतिशत मत पाउनुभएको छ । जिल्लाभर १ हजार ७२३ क्षेत्रीय प्रतिनिधि रहेकोमा १ हजार २६४ मत खसेको थियो । जसमध्ये महिलातर्फ राईले १ हजार १० मत पाउनुभएको निर्वाचन समितिले जनाएको छ । चार जना महिला प्रतिनिधिको कोटामा ७ जनाको उम्मेद्वारी परेको थियो । जसमा विमला राईसँगै ६१४ मत ल्याएर कान्ती केसी बस्नेत, ५६१ मत ल्याएर मिना कार्की र ४...
बजारको फोहोर अव्यवस्थित फाल्दा खानेपानीको मुहानमा असर

बजारको फोहोर अव्यवस्थित फाल्दा खानेपानीको मुहानमा असर

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज ८ । खोटाङको सिम्पानी बजारको फोहोर अव्यवस्थितरुपमा फाल्दा खानेपानीको मुहानमा असर भएको छ । जिल्लाको पुरानो बजार खोटेहाङ गाउँपालिका–८ सिम्पानी बजारको फोहोर बजार नजिकै अव्यवस्थितरुपमा फाल्दा खानेपानीको मुहानमा असर पुगेको हो । चिसापानी बजारको फोहोर बजार नजिकै सडकबाट खोल्सामा फाल्ने गरेको देखिएको छ । सडकको डिलमा बोतल, प्लास्टिकजन्य लगायतका फोहोर असरल्ल छरिएका छन् । स्वास्थ्य संस्थाले प्रयोग गर्ने सिरिन्जसमेत सडकको डिलमा फालिएको छ । सडक भन्दा तल रहेको खोल्सामा खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेको तीन खोप्रे गाउँमा जाने खानेपानीको मुहान रहेको स्थानीय रोमन श्रेष्ठले बताउनुभयो । फालिएको फोहोर खानेपानीको मुहानसम्म पुग्ने भएकाले पटक पटक सम्बन्धित निकायलाई आग्रह गर्दा पनि सुनुवाइ नभएको उहाँको भनाइ छ । सिम्पानी बजारको फोहोर व्यवस्थापनको लागि वडा कार्यालयले हरेक वर्ष ठेक्का खुलाउने गरेको छ ।...
सडकमा अस्तायो अरुणको सपना

सडकमा अस्तायो अरुणको सपना

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
खोटाङ, असोज २ गते । लोकसेवाको तयारीका लागि काठमाडौं गएका खोटाङका २५ वर्षीय युवाको सपना सडकमा अस्ताएको छ । सडक पार गर्दा मोटरसाइकलको ठक्करले खोटाङका २५ वर्षीय अरुण कटुवालको घटनास्थलमै मृत्यु भएको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका कटुवाल लोकसेवाको तयारीका लागि काठमाडौं पुगेका थिए । काठमाडौंमा लोकसेवाको कक्षा लिदै भक्तपुरमा रहेको काकाको घरमा बस्दै आएका कटुवालको असोज १ गते साँझ मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो । भक्तपुरको सानोठिमीस्थित अनुदान चोकमा सडक पार गर्दै गरेका कटुवाललाई तिव्रगतिको मोटरसाइलले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको बताइएको छ । खड्ग बहादुर कटुवालको एक्लो छोरा अरुण कटुवालको सडक दुर्घटनामा निधन भएपछि परिवार भावविह्वल भएको छिकेकी डिएसपी पोखरेलले बताउनुभयो । अरुण केही वर्ष अघिबाट लोकसेवाको तयारीमा लागेका थिए । तिव्र गतिको मोटरसाइलले ठक्कर दिदा अरुण ...
खोटाङमा चार ट्रक उत्तिसको काठ बरामद

खोटाङमा चार ट्रक उत्तिसको काठ बरामद

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ ९ । खोटाङमा चार ट्रक उत्तिसको काठ बरामद गरिएको छ । जिल्लाको साप्सु खोला किनारबाट सव डिभिजन वन कार्यालय दिक्तेलले चार ट्रक उत्तिसको काठ बरामद गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलिडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सिमानामा अवस्थित साप्सु खोला किनारमा छरपस्ट रहेका काठ बरामद गरिएको हो । अवैधानिकरुपमा काठ कटान गरेर निकासी गर्न लागेको भन्ने सूचनाको आधारमा वन कार्यालयका कर्मचारीले निरीक्षण गरेका थिए । निरीक्षणको क्रममा काठ काट्नेहरु बेपत्ता भएपछि काठ बरामद गरिएको सव डिभिजन वन कार्यालय दिक्तेलका प्रमुख सरोज घिमिरेले बताउनुभयो । वन कार्यालयबाट करिब ८ दिन निरीक्षणहुँदा काठ काट्नेहरु बेखबर भएपछि बरामद गरिएको उहाँको भनाइ छ । अवैधानिक तरिकाले काठ निकासा हुने लागेको विषयमा रुपाकोट खबरले समाचार प्रशारण गरेको थियो । समाचार पश्चात वन कार्यालयले तत्काल एक्सन लिएर का...
दिक्तेलको सार्वजनिक चौतारो पाँच वर्षदेखि गायब

दिक्तेलको सार्वजनिक चौतारो पाँच वर्षदेखि गायब

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, भदौ ३ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलस्थित हस्पिटल चोकमा रहेको सार्वजनिक चौतारो गायब भएको छ । करिब २ सय वर्षदेखि स्थानीय समुदायको संस्कारसँगसमेत जोडिएको सार्वजनिक चौतारो अहिले गायब भएको हो । हस्पिटल चोक नामले परिचित जिल्ला अस्पताल नजिकै रहेको सार्वजनिक धारा अहिले पनि जिवित छ । परापूर्वकालदेखि नागरिकको तिर्खा मेटाउदै आएको धारालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा संरक्षण गरिएको छ । तर, धारासँगै जोडिएको सार्वजनिक चौतारो भने अहिले गायब भएको छ । उक्त स्थानमा दुई कित्ता सार्वजनिक जग्गा रहेको छ । एक कित्ता सार्वजनिक धारा र अर्को कित्ता सार्वजनिक चौतारोकोरुपमा भूमि प्रशासन कार्यालय (तत्कालिन मालपोत कार्यालय)मा दर्ता रहेको देखिन्छ । साविक दिक्तेल गाउँविकास समिति वडा नम्बर २ र ३ अन्तरगत हस्पिटल चोकस्थित ७ आना ३ दाम २ पैसा क्षेत्रफल रहेको कित्ता नम्बर ...
समयको चाल चलन

समयको चाल चलन

Banner News 2, कला, साहित्य, ट्रेन्डिङ, ताजा अपडेट
विनोद राई पाषण                                समयको चाल चलन बाटो देखिन्न अगाडि पहाड छ हुन त हामीसँग डोजर पनि छ आस्था राख्छु भन्न पाईएन । स्वतन्त्र रूपमा घण्टी बजाउन पाइएन समयको चालचलन यस्तो छ... कृषि प्रधान देशको हामी किसानले मेरो माटो भन्न पाइएन श्रमदान भन्नु पर्या छ । समयको दखल यस्तो छ... रूख जोगाउनु सितल दिन्छु, देश बनाउछु भन्नेहरू मासुभात दिएर वन फडानीमा लाग्या छन् । समयको अकल यस्तो छ... अनन्त शक्ति घाम नै हो भन्थे देशको नागरिक रापले पिल्सिएर सेकुवा भएका छ्न । समयको हालत यस्तो छ... ... उता बिजुली बत्तिको टुङ्गो छैन पिलिक्क पिलिक्क आँउदै जाँदै गर्छ... समयको स्थिरता यस्तो छ... यता हसिया हतौडा वन फडानी गर्दै घाम छेक्ने छाप्रो बनाउने दाउको पर्खाइमा छ । समयको खिचातानि यस्तो छ । भन्नै पर्दा यि सबै एकै ड्याङका मुला हुन् । हजार ग्राम र...
आस्था र पर्यटनको संगम हलेसी

आस्था र पर्यटनको संगम हलेसी

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, असार १८ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल त्रि–धार्मिक स्थल हलेसी विश्व प्रसिद्ध धार्मिक स्थल हो । जहाँ हरेक वर्ष पर्यटकहरुको सङ्ख्या बृद्धिहुँदै गएको छ । हलेसीमा दर्शन गर्न अत्याधिक धार्मिक पर्यटकहरु आउने गरेका छन् । साथै हलेसी क्षेत्रको अवलोकन गर्न मात्र पनि पर्यटकहरु आउने गरेका छन् । हलेसी सूचना केन्द्रका प्रमुख रमेश राईका अनुसार एक वर्षमा आन्तरिक र बाह्य पर्यटक गरी कबिर २ लाख ३० हजार पर्यटकहरुले हलेसी दर्शन एवं भ्रमण गरेका छन् । २०८२ असार १ गतेदेखि ०८३ जेठ मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने नेपालका विभिन्न जिल्लाबाट आएका पर्यटक २ लाख ७ हजार ७०५ र विदेशबाट आएका पर्यटक २२ हजार ६४४ रहेको छ । अहिलेसम्म सबै भन्दा धेरै २०८२ साल साउन १२ गते लागेको बोलबम मेलामा एकै दिन हलेसीमा १४ हजार ७ सय ४२ जना दर्शनार्थीले हलेसीको दर्शन गरेका थिए । खोटाङको हले...
महभीर फोडेर जोडियो दिक्तेल–तराई सडक

महभीर फोडेर जोडियो दिक्तेल–तराई सडक

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार १४ । महभीर फोडेर खोटाङ जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो दुरीको सडक जोडिएको छ । महभीर नजिक दुवैतर्फ सडकको ट्रयाक जोडिएपनि भीर फोड्न नसक्दा सडक जोडिन सकेको थिएन । करिब पाँच महिनाको लगातारको मिहिनेतले मह भीर फोडिएपछि पहिलो पटक छोटो दुरीको सडक जोडिएको हो । दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेलबाट तराईका जिल्ला आवतजावत गर्ने सबै भन्दा छोटो दुरीको सडक हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको महभीरसम्म र सगरथामा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट महभिरसम्म ट्रयाक केही वर्ष अगाडीनै खोलिएको थियो । महभिरमा ठूलो चट्टान भएकाले विकल्पकोरुपमा राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारको सडक प्रयोगहुँदै आएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/०८३ को...
कक्षा १२ को नतिजामा खोटाङका दुई विद्यालय निल

कक्षा १२ को नतिजामा खोटाङका दुई विद्यालय निल

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार ८ । अघिल्लो वर्षको तुलानामा खोटाङमा कक्षा १२ को नतिजामा समग्र केही सुधार देखिएपनि दुई वटा विद्यालयले निल खाएका छन् । अघिल्लो वर्ष करिब ४८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । यो वर्ष ५६.८२ प्रतिशत विद्यार्थीले सफल ग्रेड प्राप्त गरेका छन् अर्थात परीक्षामा उत्तिर्ण भएका छन् । असार ५ गते राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार समग्र जिल्लाको उत्तिर्ण दरमा सामान्य सुधार भएपनि केही विद्यालयको नतिजा निराशाजनक रहेको छ । साकेला गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय र हलेसी तुवाचुङ नगरपालिकाको मालिकादेवी माध्यमिक विद्यालयले भने निल खाएका छन् । सरस्वतीबाट २ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा २ जनानै अनुत्तिर्ण भएका हुन् । यस्तै, मालिकादेवीबाट ७ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा सबै अनुत्तिर्ण भएका छन् । दश वटै स्थानीय तहका शिक्षा शाखाले दिएको तथ्याङ्क अनुसार ...
डाँडामा रहेर पनि लुकेको खोटाङको पर्यटकीय स्थल रुपाकोट

डाँडामा रहेर पनि लुकेको खोटाङको पर्यटकीय स्थल रुपाकोट

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, मल्टिमिडिया, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, चैत १५ गते । प्राकृतिक सुन्दरताले भरिपूर्ण ऐतिहासिक एवं धार्मिक महत्व बोकेको स्थल खोटाङको रुपाकोट चर्चामा आउन सकेको छैन् । आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल बन्न सक्ने सम्भावना भएपनि प्रचारको अभावले ओझेलमा रहेको छ । रुपाकोट डाँडा जिल्ला सदरमुकाम दिक्तेलको शिरमा रहेपनि हालसम्म लुकेको अवस्था छ । रुपाकोट डाँडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथादेखि विभिन्न हिमशृङ्खलासँगै अन्य मनोरम दृश्य देखिन्छ । रुपाकोट आफैमा प्राकृतिक सुन्दरताले भरिपूर्ण एवं धार्मिक महत्व बोकेको ठाउँ पनि हो । जानकारहरुका अनुसार मौसम खुलेको समयमा रुपाकोटबाट सगरमाथा, चोयु, लोत्से, मकालु र आमाडब्लम विश्व चर्चित सँगै अन्य थुर्पै साना हिमशृङ्खला देखिन्छ । अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त मुन्धुुम ट्रेलको अन्तिम स्थल साल्पा सिलिचुङ लगायतका दृश्यको अवलोकन रुपाकोटबाट गर्न सकिन्छ । यस्तै, ...