Thursday, April 16News That Matters

खेलकुद

लियोनल मेस्सीले बार्सिलोना छोड्ने पक्का

लियोनल मेस्सीले बार्सिलोना छोड्ने पक्का

Banner News 3, खेलकुद, ताजा अपडेट
अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छोड्ने पक्का भएको छ । बार्सिलोनाले मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ  । यस अघि मेस्सीले बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता गर्ने बताइएको थियो । बार्सिलोना र मेस्सी दुवै एक आपसमा नयाँ सम्झौतालाई लिएर सहमत भएपनि लिगको नियम अनुसार अनुबन्धन हुन नसकेको बार्सिलोनाले निकालेको विज्ञप्तिमा भनिएको छ । ३४ वर्षका मेस्सी गएको जुलाई १ तारिखदेखि फ्री एजेन्ट बनेका थिए । केही समय अघि उनले कम तलबमा नै क्लबमा बस्न सहमति भएपछि नयाँ सम्झौता गर्ने तयारी भइरहेको थियो । तर अन्य खेलाडीले तलब घटाउन नमान्दा सम्झौता नविकरण हुन नपाएको खबरमा उल्लेख छ । सन् २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् । मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् । यस्तै ...
बङ्गलादेशसँग अस्ट्रेलिया ५ विकेटले पराजित

बङ्गलादेशसँग अस्ट्रेलिया ५ विकेटले पराजित

खेलकुद, ताजा अपडेट
दोस्रो टी–ट्वान्टी क्रिकेटमा बङ्गलादेशले अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेको छ । ढाकामा भएको खेलमा बङ्गलादेशले अस्ट्रेलियालाई ५ विकेटले हराएको हो । अस्ट्रेलियाले दिएको १ सय २२ रनको लक्ष्य बङ्गलादेशले १८ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर भेट्टायो । बङ्गलादेशको जितमा आफिफ होसेनले ३७, नुरुल होसेनले २२, शकिब अल हसनले २६ र मेहदी हसनले २३ रन बनाए। अस्ट्रेलियाका मिचेल मार्श, जोस हाजलउड, एस्टन अगर,एडम जाम्पा र एन्ड्रयु टेले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । अस्ट्रेलियाका लागि मिचेल मार्शले ४५ रन बनाए भने मोइसेस हेन्रिक्सले ३० र मिचेल स्टार्कले अविजित रहँदै १३ रन बनाए । बङ्गलादेशका मुस्ताफिजुर रहमानले ३ तथा शोरिफुल इस्लामले २ विकेट लिए । जितसँगै बङ्गलादेशले अस्ट्रेलियासँगको पाँच खेलको श्रृङ्खलामा २–० को अग्रता बनाएको छ । प...
अष्ट्रेलियाले जित्यो ओडिआई सिरिज

अष्ट्रेलियाले जित्यो ओडिआई सिरिज

खेलकुद, ताजा अपडेट
अष्ट्रेलियाले वेष्टइन्डिज विरुद्धको तीन खेलको ओडिआई सिरिज २-१ ले जितेको छ । तेस्रो तथा निर्णायक खेल ६ विकेटले जित्दै अष्ट्रेलियाले सिरिज आफ्नो पक्षमा पारेको हो । यसअघि पहिलो ओडिआई अष्ट्रेलियाले १३३ रनले जितेको थियो भने दोस्रो ओडिआई वेष्ट इन्डिजले ४ विकेटले जितेको थियो । ब्रिजटाउनमा भएको खेलमा वेष्टइन्डिजले दिएको १५३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ३०.३ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । अष्ट्रेलियाका लागि म्याथ्यु वेडले अर्धशतक प्रहार गरे । उनले ५२ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा अविजित ५१ रन बनाए । यस्तै कप्तान एलेक्स केरीले ३५ र मिचेल मार्सले २९ रन योगदान गरे । एस्टन एगर १९ रनमा अविजित रहे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली वेष्ट इन्डिज अष्ट्रेलियाको बलिङ सामु खुलेर खेल्न नसक्दा ४५.१ ओभरमा १५२ रनमै अलआउट भएको थियो । ओपनर एभिन लेविसले अविजित रहँदै ५५ रन बनाए प...
दोस्रो टी–ट्वान्टी क्रिकेटमा इङ्ग्ल्यान्डसँग पाकिस्तान ४५ रनले पराजित

दोस्रो टी–ट्वान्टी क्रिकेटमा इङ्ग्ल्यान्डसँग पाकिस्तान ४५ रनले पराजित

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट
इङ्ग्ल्यान्डले दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानलाई ४५ रनले पराजित गरेको छ । लिड्समा गएराति इङ्ग्ल्यान्डले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ५५ रन बनाउन सक्यो । पाकिस्तानका मोहमद रिजवानले ३७, शादब खानले ३६, कप्तान बाबर आजम २२ तथा इमाद वासिमले २० रन जोडे। इङ्ग्ल्यान्डका साकिब महमुदले ३ तथा मोइल अली र आदील राशिदले २/२ विकेट लिए भने टोम करन र माट पाकिर्नसनले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले १९ ओभर ५ बलमा अलआउट हुँदै २ सय रन बनाएको थियो । इङ्ग्ल्यान्डका जोस बट्लरले ५९ रनको अर्धशतकीय पारी खेले भने लियाम लिभिङस्टोनले ३८, मोइन अलीले ३६, क्रिस जोर्डनले १४ रन जोडे । पाकिस्तानका मोहमद हासनेनले ३ विकेट लिए भने हरिस राउफ र इमाद वासिमले २/२ विकेट लिए । यस्तै, शहेन साह अफ्रिदी र शादब खानले एक/एक विकेट लिए ।  ज...