
खोटाङमा आर्थिक बर्ष २०७७\०७८ मा ६ सय हेक्टर बढी वन क्षेत्रफलमा डढेलो लागेको छ । जिल्लाको बिभिन्न सामुदायिक वनमा लागेको डढेलोले एक बर्षमामा ६ सय २९ हेक्टर क्षेत्रफल वन प्रभावित भएको डिबिजन वन कार्यलय खोटाङले जनाएको छ ।
डिबिजन वन कार्यलय खोटाङका अनुसार सबै भन्दा धेरै जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको २ सय ९० हेक्टर क्षेत्रफल सामुदायिक वनमा डढेलो लागेको छ । यस्तै ऐसेलुखर्क गाउँपालिकाको १ सय ८७, केपिलासगढी गाउँपालिकाको १ सय २८, हलेसी तुवाचुङ नगरपालिकाको २२ र रावाबेसी गाउँपालिकाको २ हेक्टर वन क्षेत्रफलमा डढेलो लागेहो हो ।
बिभिन्न मितिमा लागेको डढेलो बाट रुख बिरुवासँगै ३ वटा घर र ४ सय मिटर पानीको पायप जलेर नष्ट भएको डिबिजन वन कार्यलय खोटाङले जनाएको छ ।
