
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवाको उत्खननमा रोक लगाएको छ । विभिन्न माध्यम र साधनको प्रयोग गरि रोडा ढुंगा उत्खनन र निकासी भैरहेको सूचना प्राप्त भएपछि नदिजन्य वस्तुको उत्खनन र निकासीमा स्थानीय प्रशासनले रोक लगाएको हो ।
गाउँपालिकाले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङकन बिनै ढुङ्गा, बालुवा सकंलन, निकासी पैठारी भएको पाइएपछि गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै यस्तो कार्यमा रोकलगाएको हो । जथाभावी उत्खनन कार्य तिब्र रुपमा बढेकाले, धार्मिक सास्कृतिक परम्परा र जैविक विविधतालाइ नराम्रो असर पर्ने हँुदा प्रतिबन्ध गरिएको गाउँपालिकाले जनाएको छ ।
बातावरणमा पर्ने समभाबित प्रभावलाई मध्यनजर गर्दै उत्खननमा रोक लगाईएको गाउपालिका अध्यक्ष भुपेन्द्र राईले बताउँनु भयो ।
