Wednesday, April 15News That Matters

पोखरीमा डुबेर खोटाङमा एक व्यक्तिको मृत्यु


पोखरीमा डुबेर खोटाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ७ बसाहथान स्थीत आकाशे पानी जम्मा गर्न खनिएको पोखरीमा डुबेर बाहुनीडाँडाका अन्दाजी ४५ वर्षिय साबु राई (तुफान) को मृत्यु भएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।
खेल्दै गरेका बालबालीकालाई पोखरीमा नखेल्न आग्रह गर्दै जाने क्रममा मंगलबार अपरान्ह ४ः३० बजे उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक सागर साहले जानकारी दिनुभयो । मृतक राईलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल दिक्तेल लगिएको छ । अपाङ्ग समेत रहेका मृतक राई बिगत ९ बर्ष देखि परिवार सहित हलेसीमा बस्दै आएको स्थानीयले बताएका छन ।

सोही पोखरीमा बि.स. २०५९ सालमा एक बालकको पनि डुबेर मृत्यु भएको थियो ।