
खोटाङ साउन ३० : खोटाङमा करीब २३ हजार नागरिक कोरोना बिरुद्धको दोस्रो डोज खोपको पर्खाईमा रहेका छन । जिल्लामा पहिलो डोजको खोप लगाएर २३ हजार ३ सय ६९ जना दोस्रो डोज खोपको पर्खाईमा रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।
खोटाङमा गत माग १५ गतेबाट कोरोना बिरुद्धको खोप अभियान सुरु भएको हो । हाल सम्म जिल्लामा ३ हजार ३ सय ७७ जनाले मात्र पुरा डोज खोप लगाएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्य प्रसाद सिक्देलले बताउँनु भयो । कोभिसिल्डकोे दोस्रो डोज खोप जिल्लामा नआएको कारण धेरै नागरिकले दोस्रो डोज खोप लगाउँन नपाएको उहाँको भनाई छ । यस्तै भेरोसेल खोपको पहिलो डोज लगाएको २१ दिन नकटेकोले दोस्रो डोज लगाउँन नमिलेको प्रमुख सिक्देलले बताउँनु भयो ।
