
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम एक साता भीत्र सञ्चालन हुने भएको छ । उक्त कार्यक्रम सञ्चालनको लागि अखिल नेपाल फुडबल संघ (एनफा),खोटाङ फुटबल संघ र ओम शिवशक्ती समुह हलेसीसँग नगरपालिकाले गत चैत्र ५ गते सम्झौता गरेको थियो । तर कोभिड १९ को संक्रमणको कारण कार्यक्रम सुरु हुन नसकेको नगर प्रमुख इवन राईले जानकारी दिनुभयो ।
प्रमुख राईका अनुसार कोरोना संक्रमण दर घट्दै गएपछि नगरका कार्यक्रम चलायमान बनाउँदै विद्यालहरुमा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सुरु गर्न लागिएको हो । जसको लागि एनफाका अध्यक्ष कर्मा छिरिङ शेर्पा लगाएतका पदाधिकारीसँग मंगलबार छलफल भएको उहाँले बताउँनु भयो । ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रमले दक्ष, असल र अनुसासित खेलाडी उत्पादन भई समृद्ध समाज निर्माण हुने बिश्वास लिएको उहाँको भनाई छ । प्रशिक्षण कार्यक्रमको लागि आवश्यक खेल सामाग्री र प्रशिक्षक एनफाले गराउँनेछ ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले वडा नम्बर–५ दुर्छिमस्थित दुर्छिम मावि र वडा नम्बर–७ महादेवस्थानस्थित महेन्द्रोद्धय माविमा सितोरियो कराते तथा वडा नम्बर–३ च्यास्मीटारमा फुटबलको प्रशिक्षण कक्षा सञ्चालन गरिरहेको छ । कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रणको लागि स्थगीत गरिएकोे उक्त कार्यक्रम पनि अब पुन सञ्चालन गर्ने नगर प्रमुख राईले बताउँनु भयो ।
