
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको नगर सभापतीमा चक्र कुमार राईले उम्मेदवारी घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसको आसन्न १४ औ महाधिबेसनको लागि नेता राईले आज महादेवस्थान स्थीत एक होटलमा कृयसिल सदस्य र क्षेत्रिय प्रतिनिधिहरुको उपस्थितीमा सभापतीको उम्मेदवारी घोषणा गर्नु भएको हो ।
नगर सभापतीमा युवा नेता राईसँगै उपसभापतीमा काशिराज राई र देबेन्द्र राई, सचिवमा कमल गिरी र किश्वर बस्नेत, सह सचिवमा खेमराज कार्की र युवराज कार्कीले पनि उम्मेदवारी घोषणा गर्नु भएको छ । नेपाली कांग्रेस खोटाङ जिल्ला सभापती नरेश कुमार श्रेष्ठ, नेता बिरकाजी राई, महाधिबेसन प्रतिनिधि सुबास पोखरेल, दिनेश राई, जितेन्द्र सिं ठकुरी, नेपाली कांग्रेसका जिल्ला सदस्य समिर राई र तरुणदलका जिल्ला सभापती भिषण राई लगाएतको उपस्थिती राईको समुहले उम्मेदवारी घोषणा गर्नु भएको हो ।
सभापतीमा उम्मेदवारी दिनु भएका राईको समुहलाई नगरपालिकाका ७० प्रतिशत वडा सभापती, कृयसिल सदस्य र क्षेत्रिय प्रतिनिधिको साथ रहेको बताईएको छ ।
