Thursday, April 16News That Matters

हलेसी तुवाचुङले गरेको निर्णय बिरुद्ध परेको मुद्धा अदालतद्धारा बदर

हलेसी तुवाचुङ नगरपालिकाकाकाले गरेको प्रधानाध्यपक नियुक्ति बिरुद्ध परेको मुद्धा उच्च अदालत ओखलढुंगाको अस्थाई इजालसले बदर गरिदिएको छ । नगरपालिकाले माध्यमिक बिद्यालयमा माध्यमिक दरबन्दीकै शिक्षक प्रधानाध्यपक हुने गरी ल्याएको शिक्षा ऐन बिरुद्ध परेको मुद्धा अदालतले बदर गरिदिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले शिक्षा ऐन जारी गर्दै प्रत्येक माध्यमिक बिद्यालयमा माध्यमिक तहका दरबन्दी शिक्षकलाई प्रधानाध्यपक नियुक्ति गरेको थियो । त्यसको बिरुद्धमा लक्ष्मी माध्यमिक बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष चेस कुमार पौडेल, पिपलडाडा माध्यमिक बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष अकिल कुमार राई र दुर्छिम माध्यमिक बिद्यालयका अभिभाबक प्रदिप राईले उक्त निर्णय खारेजीको माग गर्दै मुद्धा दर्ता गराउँनु भएको थियो ।

सो मुद्धामा नगरपालिकाको निर्णयलाई सदर गर्दै उच्च अदालत ओखलढुंगाको अस्थाई इजालसले आज (बिहिबार) फैसला गरेको हलेसी तुवाचुङ नगरपालिका ४ बडहरेका वडाध्यक्ष किश्वर बस्नेतले जानकारी दिनुभयो ।