
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको नगर सभापतिमा युवा नेता रमेश कुमार राउतले उम्मेदवारी घोषणा गर्नु भएको छ । असोज ९ गते हुने नेपाली कांग्रेसको नगर अधिबेसनको लागि आफुले उम्मेदवारी घोषणा गरेको राउतले जानकारी दिनु भएको छ ।
२०६२\०६३ को जनआन्दोलनमा सहभागी भई पाटन संयुक्त क्याम्पसबाट औपचारिक रुपमा राजीनीतिक यात्रा सुरु गर्नु भएका राउत हाल हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ मंगलटारको निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । राउतको राजनितिक पृष्ठभुमी नेविसंघ इकाई सदस्य, सह–सचिव, सचिव र क्षेत्रिय सदस्य सम्मको रहेको छ ।
नगर सभापतीमा राउतसँगै उहाँको समुह पनि तयार भएको छ । जसमा उपसभापतिमा नेविसंघ दिक्तेल क्याम्पस हुंदै स्ववियु सदस्यका उम्मेद्वार, तत्कालिन डिकुवा गाबिसको १५ वर्षे लामो सहायक सचिवको अनुभव बटुल्नु भएका दिनेश राई र कांग्रेसका क्रियाशिल नेता राजापानीका धन बहादुर खड्का रहनु भएको छ ।
यस्तै सचिवमा पुर्व शिक्षक अर्खौलेका केशव श्रेष्ठ र यातायात व्यवसायी संघ खोटाङका बरिष्ठ उपाध्यक्ष दुर्छिमका फडिन्द्र राई रहनु भएको छ । सह–सचिवमा नेपाल तरुण दल हलेसी नगर समिती उपाध्यक्ष धितुङका लम्बर राई र तत्कालिन सल्ले गाबिसमा लामो समय सामाजिक परिचालिकाको भूमिका निर्वाह गर्नु भएका जुना राई रहनु भएको छ ।
नगर सभापतीमा भदौ २४ गते कांग्रेस नेता चक्र कुमार राईले उम्मेदवारी घोषाणा गरिसक्नु भएको छ ।
