Thursday, April 16News That Matters

खोटाङबाट प्रसव व्यथाका कारण गम्भिर महिलाको हेलीकप्टर मार्फत उद्धार

खोटाङबाट प्रसव व्यथाका कारण गम्भिर एक महिलाको हेलीकप्टर मार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथाका कारण स्वास्थ्य अवस्था गम्भिर भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत आज हेलिकप्टर मार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीकी २९ वर्षीया तारा राईको जिल्लामा उपचार सम्भव नभएको भन्दै जिल्ला अस्पताल खोटाङले जिल्ला प्रसाशनलाई पत्र पठाएको थियो । जस अनुसार प्रसव व्यथाका कारण गम्भिर राईको हेलिकोप्टरमार्फत बिराटनगर उद्धार गरिएको उहाँले बताउँनु भयो ।

बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत जिल्लाबाट हालसम्म १५ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको जिल्ला प्रसाशन कार्यलय खोटाङले जनाएको छ ।