Thursday, April 16News That Matters

दिक्तेलमा भोलीदेखि पठनपाठन सुरु हुने, हलेसीमा असोज ३ गतेबाट

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन सुरु हुने भएको छ । भदौ २३ गते बसेको नगर शिक्षा समितिको बैठकको निर्णय अनुसार भोलीबाट बिद्यालय सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

कोरोना भाईरसको संक्रमणको कारण लामो समय देखि विद्यालय बन्द रहेको छ । संक्रमण दर कम भएसँगै उक्त भाईरसको संक्रमणबाट बच्न उचित स्वास्थ्य मापदण्ड अपनाएर बिद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगर शिक्षा शाखा संयोजक तिर्थ बहादुर विकले बताउँनु भयो ।

यसैबिच, हलेसी तुवाचुङ नगरपालिकामा पनि बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन सुरु हुनु भएको छ । नगरपालिकामा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या शुन्य भएसँगै भौतिक उपस्थिीतमा पठनपाठन सुरु गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नगर शिक्षा समितिको भदौ २० गते बसेको बैठकको निर्णय अनुसार असोज ३ गतेबाट नगरपालिका भीत्रका सबै बिद्यालयमा पठनपाठन सुरु हुने शिक्षा शाखा प्रमुख पदम कार्कीले बताउँनु भयो । बिद्यालय सञ्चालन भएपनि कोरोना भाईरसबाट बच्न उचित स्वास्थ्य मापदण्ड भने पालना गरिने उहाँको भनाई छ ।

जिल्लाका अन्य स्थानीय तह खोटेहाङ गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, रावाबेशी गाउँपालिकामा पनि पठनपाठन भईरहेको छ । जन्तेढुंगा गाउँपालिका र वराहपोखरी गाउँपालिकामा पनि भोलीबाट पठनपाठन सुरु हुने गाउँपालिकाले जनाएका छन ।