
असोज ११ गते : उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले सार्वजनिक बस सञ्चालन गर्ने भएको छ । जनप्रतिनिधिहरुका लागि छुट्याइएको सेवाबाट सार्वजनिक बस खरिद गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सञ्चालन गर्न लागेको सार्वजनिक बस जिल्लाको सदमुकाम गाईघाट देखि लिम्चुङबुङ सम्म र लिम्चुङबुङ देखी छिमेकी जिल्ला खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ हलेसी मन्दिर सम्म सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष मेजर राईले जानकारी दिनुभयो । सार्वजनिक बस सञ्चालनको सम्पुर्ण तयारी पुरा भएको र अबको एक साता भित्र बस सञ्चालनमा आउने अध्यक्ष राईले बताउँनु भयो ।
यस्तै, उक्त सार्वजनिक बसमा जेष्ठ नागरिक र पुर्णरुपमा अपाङगता भएकाहरुलाई शुल्क नलाग्ने गाउँपालिकाले जनाएको छ ।
