
खोटाङ काक्तिक ३ गते : खोटाङमा लगातार नयाँ संक्रमितको संख्या शुन्य रहेको छ । जिल्लाको बिभिन्न ठाउँमा आज १३ जनाको एन्टीजेन परिक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ ।
जिल्लामा काक्तिक १ र २ गते ४२÷४२ जनामा एन्टीजेन परिक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि भएको थिएन । यस्तै आज थप १३ जना संक्रमितले कोरोना परास्त गरेसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १८ मा झरेको छ ।
१८ जनाकै अवस्था सामान्य रहेको कारण सबै संक्रमित घरमै रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले जानकारी दिनुभयो ।
