Thursday, April 16News That Matters

हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसको नगर स्तरीय कार्यलय स्थापना

खोटाङ कार्तिक १३ गते : जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसले नगर स्तरीय कार्यलय स्थापना गरेको छ । नेपाली कांग्रेसका क्षेत्रिय सभापती एवं हलेसी तुवाचुङ नगरपालिका मेयर इवन राईको प्रमुख आतिथ्यमा आज (शनिबार) एक कार्यक्रमका बिच कार्यलय स्थापना गरिएको नेपाली कांग्रेस हलेसी तुवाचुङ नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको ५ नम्बर वडा दुर्छिममा कार्यलय स्थापनासँगै नगर कार्य समितिको पहिलो पुर्ण बैठक पनि सम्पन्न भएको नगर कार्य समितिका सचिव कमल गिरीले जानकारी दिनुभयो । सचिव गिरीका अनुसार नगर कार्य समिति र नगरपालिका भित्रका ११ वटै वडाका सभापतीहरुहरुलाई कांग्रेसका स्थानीय नेता कार्यक्रताले दोसल्ला लगाएर कार्य सफलताको शुभकामना पनि दिएका छन ।

यस्तै कार्यलय स्थापना कार्यक्रममा अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा दर्जनौँ नेता कार्यक्रता प्रवेश गरेको नेपाली कांग्रेस हलेसी तुवाचुङ नगरपालिकाका नगर सभापती चक्र कुमार राईले बताउनु भयो ।