
खोटाङ कार्तिक १३ गते : जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा अनेरास्ववियु क्रान्तीकारीले प्रथम ऐतिहासिक गाउँपालिका सम्मेलन सम्पन्न गरेको छ । आज (शनिबार) सम्पन्न सम्मेलनबाट आदेश थापाको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरिएको अनेरास्ववियु क्रान्तीकारी खोटाङले जनाएको छ ।
नेकपा माओवादी पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश सांसद राम कुमार राई (पासाङ) को प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलबाट अनेरास्ववियु क्रान्तीकारीको गाउँपालिका कमिटीको अध्यक्षमा आदेश थापा, उपाध्यक्षमा एनिसा परियार, शुसिला श्रेष्ठ र कञ्चन राई चयन हुनु भएको छ ।
यस्तै पालिका कमिटिको सचिवमा क्यामेस्ट्रि राई, सह सचिवमा सुवास बस्नेत, दिनेश मग्राती र करुणा राई र कोषाध्यक्षमा तजिना मगर चयन हुनु भएको अनेरास्ववियु क्रान्तीकारी खोटाङका संयोजक डिआर खड्काले जानकारी दिनुभयो ।
