
प्रतीकात्मक तस्वीर
२३ कात्तिक, खोटाङ । खोटाङमा चाडपर्वको मौका छोपेर यात्रुबाट तोकिएभन्दा बढी भाडा असुल्ने सवारी साधनलाई कारबही गरिएको छ । ना १ ज ६२११ र ना १ ज ६४६० नं. को टाटासुुमो कारबाहीमा परेका हुन् ।
प्रहरी चेकजाँचको क्रममा सोमबार ऐँसेलुखक गाउँपालिका–३, ऐँसेलुखर्क र केपिलासगढी गाउँपालिका–४, बाक्सिलाबाट काठमाडौँका लागि छुटेका ती टाटासुमोले यात्रुबाट बढी भाडा लिएको पाइएको थियो । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले बढी असुल भएको भाडा जफत गरेर यात्रुलाई फिर्ता गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश लम्सालले जानकारी दिनुभयो ।
बढी भाडा असुल्ने टाटासुमो चालकलाई जरिवाना तिराएर छाडिएको पनि उहाँले बताउनुभयो । प्रहरीले यसअघि पनि हलेसीमा बढी असुल भएको भाडा यात्रुलाई फिर्ता गराएको थियो ।
यस्तै ट्राफिक नियम विपरीत सञ्चालन गरिएका ४ वटा बस, एउटा ट्याक्टर, १७ वटा मोटरसाइकल र ५ वटा टाटासुमोलाई समेत जरिवाना तिराइएको प्रहरीले जनाएको छ ।
