Thursday, April 16News That Matters

नेकपा एमाले खोटाङको १२ औँ पुर्ण जिल्ला कमिटि बैठक सम्पन्न, के के भए निर्णय ?

तस्विर एमालेका नेता दिलचक्र राईको फेसबुक वालबाट

खोटाङ कार्तिक २६ : नेकपा एमाले खोटाङको १२ औँ पुर्ण जिल्ला कमिटि बैठक सम्पन्न भएको छ । एमालेका संसदिय दलका प्रमुख सचेतक एवं केन्द्रिय सदस्य बिशाल भट्टराईको उपीस्थतीमा आज सम्पन्न बैठकले बिभिन्न महोत्वपुर्ण निर्णय गरेको नेकपा एमालेका जिल्ला कमिटि अध्यक्ष राम दंगालले जानकारी दिनुभयो ।

केहि समय अगाडि वडा र पालिका अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न गरेको एमालेले आगामि मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने १० औँ राष्ट्रिय माहाधिवेशनको लागि प्रतिनिधि छनोट बैठकको मुख्य बिषय रहेको उहाँले बताउनु भयो । खोटाङबाट १४ जना माहाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गर्ने अठोट लिएको एमालेले भोली सम्ममा सचिवालयको बैठकले प्रतिनिधि छनोट गर्ने उहाँको भनाई छ ।

जिल्ला कमिटि बैठकले वडा र पालिका अधिवेशनको समयमा अन्य पार्टीबाट आएका करीब ३ हजार जना नेता कार्यक्रतालाई बिभिन्न जिम्मेवारी दिने निर्णय गरेको छ । यस्तै आगामी तिन महिनामा अन्य पार्टीबाट आउन चाहाने नेता कार्यकर्तालाई स्वागत गर्ने, जिल्लाको ७९ वडामै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र जिल्लाको बिभिन्न ठाउँमा ठुला आमसभा गर्ने निर्णय जिल्ला कमिटिको बैठकले गरेको अध्यक्ष दंगालले बताउनु भयो ।

तस्विर एमालेका नेता दिलचक्र राईको फेसबुक वालबाट