
खोटाङ कार्तिक २६ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खेतबारीमा उम्रिएको लागु औषध (गाँजा) प्रहरीले नष्ट गरेको छ । नगरपालिकाको वडा नम्बर ५ दुर्छिम राबु स्थीत करीब २ रोपानी क्षेत्रफल जग्गामा रहेको ५ सय भन्दा बढी गाँजाको बोट नष्ट गरिएको इलाका प्रहरी कार्यलय हलेसीले जनाएको छ ।
सामाजिक अपराधलाई निस्तेज पार्न र अपराध नियन्त्रण गर्न गस्तिलाई तिब्रता गर्दै लैजाने क्रममा आज इलाका प्रहरी कार्यलय हलेसीकाका प्रमुख एवं प्रहरी निरीक्षक प्रमोद कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त गाँजा नष्ट गरेको कार्यलयले जनाएको छ ।

