Thursday, April 16News That Matters

मलेसीया जेलमा रहेका राईलाई नेपाल फर्काउन सहयोगको अपिल


खोटाङ मंसिर ५ : मलेसीयाको एक जेलमा रहेका खोटाङका पुर्ण बहादुर राईलाई नेपाल फर्काउन सहयोगको अपिल गरिएको छ । जिल्लाको केपीलासगढी गाउँपालिका ७ सुङदेलका राई बिगत चार बर्ष अघि बैदेसिक रोजगारीको शिलसिलामा मलेसीया पुग्नु भएको हो ।
मलेसीयाको एक सेकुरेटी कम्पनीमा काम गर्दै आउनु भएका राईको मानसिक सन्तुलन मन्द भएपछि करीब ३ महिना अघि देखि सुंगोगाई ब्लु जेलमा रहनु भएको पारीवारिक श्रोतले बताएको छ । परिवारको आर्थीक अवस्था न्युन रहेको कारण मलेसीया जेलमा रहनु भएका पुर्ण बहादुरलाई नेपाल फर्काउन परिवारले अनुरोध गरेको छ ।

राईको परिवारमा श्रीमती सहित एक छोरा र एक छोरी रहेका छन । सहयोग गर्न चाहानेले राईकी श्रीमती ममता राईलाई लाई ९७४२४२५७७१ मा सम्पर्क गर्न सकिने छ ।