Thursday, April 16News That Matters

कांग्रेस अधिवेशन : खोटाङमा मतदान सम्पन्न, आजै मतगणना हुने संभावना


खोटाङ मंसिर ८ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत खोटाङ जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधिको लागि भएको निर्वाचन सम्पन्न भएको छ । कार्य तालिका भन्दा दुई दिन पछि आज बिहान ८ः३० बजेबाट सुरु भएको मतदान साँझ ६ः३० मा सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत शंकर भट्टराईले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम दिक्तेलमा भएको मतदानमा यति मत खस्यो भन्ने यकिन डाटा निस्कन केहि समय लाग्ने उहाँको भनाई छ । मत गणना आजै गर्ने या भोली गर्ने भन्ने बिषयमा केहि समयपछि छलफल गरेर निर्णय गर्ने अधिकृत भट्टराईले बताउनु भयो ।

जिल्ला कार्य समितिको लागि पुर्व राज्यमन्त्री सर्वधन राई र पुर्व पार्टी सभापति एवं महासमिति सदस्य बिष्णु कुमार राईको समुह चुनावी मैदानमा उत्रिएका छन । पुर्व राज्यमन्त्री राईको समुहबाट उपसभापतिमा मनोज तिमिल्सीना र राजन सैजु रहनु भएको छ । यस्तै सचिवमा रोजन राई र राम साम्पाङ राई रहनु भएको । सह–सचिवमा ध्यान बहादुर राई र राजकुमार राई को उम्मेद्वारी रहेको छ ।

यता पुर्व सभापति बिष्णु राईको समूहबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समीर राई उम्मेद्वार रहनुभएको छ । यस्तै सह–सचिवमा सार्जन राई र शालिकराम बञ्जारा रहनु भएको छ ।