खोटाङ मंसिर ९ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत खोटाङ जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधिको लागि भएको मतदानको मतगणना जारी रहेको छ । कांग्रेसको पार्टी कार्यलयमा जारी मतगणनामा जिल्ला सभापतिका लागि सर्वधन राई र बिष्णु कुमार राई बिच कडा प्रतिस्पर्धा भईरहेको छ ।
२०० मत गणना हुँदा सम्म बिष्णु केहि मतले अगाडि रहेपनि ३०० मत गणना हुँदा सर्वधनले उछिनेका थिए । ४०० मत गणना सकिदा पनि सर्वधन राई केहि मतले अगाडि थिए तर ५०० मत गणना सकिदा बिष्णुले सर्वधनलाई ८ मतले पछी पारेका छन । ५०० मत सकिदा बिष्णु कुमार राईको पक्षमा २४४ मत परेको छ भने सर्वधन राईको पक्षमा २३७ मत परेको छ ।
उपसभापतिमा इवन राईले २६८, तिर्थराज भट्टराईले २८०, मनोज तिम्सीनाले २११ र राजन सैजुले १४४ मत प्राप्त गरेका छन । यस्तै सचिवमा राम कुमार राईले २०४, रोजन राईले २०७, समिर राईले २५१ र ज्ञानेन्द्र जोसीले २३५ मत प्राप्त गरेका छन । यस्तै सहसचिवमा ध्यान बहादुर राईले २१४, राजकुमार राईले २१२, सार्जन राईले २१९ र सालिकराम बन्जराले २२९ मत प्राप्त गरेको जिल्ला निर्वाचन समितिले जनाएको छ ।
जम्मा १ हजार ३२२ मत खसेको छ ।
