Thursday, April 16News That Matters

खोटाङ कांग्रेस मतगणना अपडेट : सभापतिमा बिष्णु कुमार राई २२ मतले अगाडी

खोटाङ मंसिर ९ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत खोटाङ जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधिको लागि भएको मतदानको मतगणना जारी रहेको छ । कांग्रेसको पार्टी कार्यलयमा जारी मतगणनामा जिल्ला सभापतिका लागि सर्वधन राई र बिष्णु कुमार राई बिच कडा प्रतिस्पर्धा भईरहेको छ ।

२०० मत गणना हुँदा सम्म बिष्णु केहि मतले अगाडि रहेपनि ३०० मत गणना हुँदा सर्वधनले उछिन्नु भएको थियो । ४०० मत गणना सकिदा पनि सर्वधन राई केहि मतले अगाडि हुनुहुन्थ्यो तर ५०० मत गणना सकिदा बिष्णुले सर्वधनलाई ८ मतले पछि पार्नु भयो । त्यसपछि लगातार बिष्णु राईले मतान्तर बढाउँदै लानु भएको छ । ७०० मत गणना हुँदा सम्म बिष्णु २२ मतले अगाडि रहनु भएको छ । राईले ३४८ मत प्राप्त गर्दा सर्वधन राईले ३२६ मत प्राप्त गर्नु भएको छ ।

उपसभापतिमा इवन राईले ३८३, तिर्थराज भट्टराईले ३९६, मनोज तिम्सीनाले २९५ र राजन सैजुले २०० मत प्राप्त गर्नु भएको छ । यस्तै सचिवमा राम कुमार राईले २८६, रोजन राईले २८९, समिर राईले ३५५ र ज्ञानेन्द्र जोसीले ३३३ मत प्राप्त गर्नु भएको छ । यस्तै सहसचिवमा ध्यान बहादुर राईले २९५, राजकुमार राईले २९६, सार्जन राईले ३१८ र सालिकराम बन्जराले ३३१ मत प्राप्त गरेको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

जम्मा १ हजार ३२२ मत खसेको छ ।