नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत खोटाङ जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधिको लागि भएको मतदानको मतगणना जारी रहेको छ । कांग्रेसको पार्टी कार्यलयमा जारी मतगणनामा जिल्ला सभापतिका लागि सर्वधन राई र बिष्णु कुमार राईको मतान्तर बढ्दै गएको छ ।
१००० मत गणना हुँदा सम्म बिष्णु ७७ मतले अगाडि रहनु भएको छ । राईले ५२० मत प्राप्त गर्दा सर्वधन राईले ४४३ मत प्राप्त गर्नु भएको छ ।
उपसभापतिमा इवन राईले ५६९, तिर्थराज भट्टराईले ५७१, मनोज तिम्सीनाले ४०२ र राजन सैजुले २८६ मत प्राप्त गर्नु भएको छ । यस्तै सचिवमा राम कुमार राईले ३९६, रोजन राईले ४०८, समिर राईले ५२० र ज्ञानेन्द्र जोसीले ४७६ मत प्राप्त गर्नु भएको छ । यस्तै सहसचिवमा ध्यान बहादुर राईले ४१८, राजकुमार राईले ४२८, सार्जन राईले ४७१ र सालिकराम बन्जराले ४५३ मत प्राप्त गरेको जिल्ला निर्वाचन समितिले जनाएको छ ।
जिल्लामा जम्मा १ हजार ३२२ मत खसेको छ ।
