हिजो राती करीब साडे १० बजे विबातका कारण स्थगीत भएको नेपाली कांग्रेस खोटाङको मत गणना सुरु भएको छ । राती मत गणनाका क्रममा मतपत्र दुई खालको भेटिएको भन्दै विवाद निस्किएपछि रोकिएको मत गणना दिउँसो १ बजेबाट सुरु भएको हो ।
रोकिएको मत गणना सुरु भएर १०० मत गणना भएको छ । जम्मा अहिले सम्म एक हजार २ सय मत गणना भईसक्दा बिष्णु कुमार राई ६६ मतले अगाडि रहनु भएको छ । राईले ६१३ मत प्राप्त गर्दा पुर्व राज्यमन्त्री सर्वधन राईले ५४७ मत प्राप्त गर्नु भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपसभापतिमा इवन राईले ६८७, तिर्थराज भट्टराईले ६७२, मनोज तिम्सीनाले ४८७ र राजन सैजुले ३५१ मत प्राप्त गर्नु भएको छ । यस्तै सचिवमा राम कुमार राईले ४६८, रोजन राईले ४९१, समिर राईले ६४० र ज्ञानेन्द्र जोसीले ५७१ मत प्राप्त गर्नु भएको छ । यस्तै सहसचिवमा ध्यान बहादुर राईले ५०६, राजकुमार राईले ५२१, सार्जन राईले ५६५ र सालिकराम बन्जराले ५३८ मत प्राप्त गरेको जिल्ला निर्वाचन समितिले जनाएको छ ।
जिल्लामा जम्मा १ हजार ३२२ मत खसेकोमा अब १२२ मत गणना गर्न बाकी छ ।
