Thursday, April 16News That Matters

खोटाङ कांग्रेस : सभापतिमा बिष्णु कुमार राई सहित प्यानलनै बिजयी


खोटाङ मंसिर ९ : नेपाली कांग्रेस खोटाङ जिल्ला कार्य समितिमा पुर्व पार्टी एवं महासमिति सदस्य बिष्णु कुमार राईको प्यानल नै बिजयी भएको छ । जिल्ला कार्य समिति र माहाधिवेशन प्रतिनिधिका लागी सदरमुकाम दिक्तेलमा ८ गते मतदान सम्पन्न भएको थियो ।

केहि समय अगाडि सम्पन्न मतगणना अनुसार पुर्व पार्टी सभापति एवं महासमिति सदस्य बिष्णु कुमार राई पुनः पुरै प्यानल सहित खोटाङ जिल्ला सभापतिमा निर्वाचित हुनु भएको छ । जिल्लामा १ हजार ३ सय २२ मत खसेकोमा राईले ६६९ मत प्राप्त गरेर बिजयी हुनु भएको हो । यस्तै सभापतिका प्रतिस्पर्धी पुर्व राज्यमन्त्री सर्वधन राईले ६१० मत प्राप्त गर्नु भयो । बिष्णु कुमारले सर्वधनलाई ५९ मतले पराजित गर्नु भएको हो ।

यस्तै उपसापतिमा बिष्णु प्यानलका इवन राई र तिर्थराज भट्टराई बिजयी हुनु भएको छ । राईले ७५३ मत र भट्टराईले ७४२ मत प्राप्त गर्दा उपसभापतिका उम्मेद्वार मनोज तिमिल्सीनाले ५४३ र राजन सैजुले ३८४ मत प्राप्त गर्नु भयो । यस्तै सचिवमा बिष्णु प्यानलका समिर राई ७१३ मत र ज्ञानेन्द्र जोसी ६२० मत ल्याएर बिजयी हुँदा सचिवका उम्मेद्वार रोजन राईले ५५३ मत र रामकुमार राईले ५११ मत प्राप्त गर्नु भयो । यस्तै सह–सचिवमा बिष्णु प्यानलबाटै सार्जन राईले ६२४ मत र सालिकराम बन्जराले ५९३ मत प्राप्त गरेर बिजयी हुँदा ध्यान बहादुर राईले ५६४ मत र राजकुमार राईले ५७७ मत प्राप्त गर्नु भयो ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका खोटाङ प्रतिनिधि छनोटको मत गणना जारी रहेको छ ।