
खोटाङ मंसिर १० : रक्तचन्दनको तेलको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा खोटाङका दुई सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । रक्तचन्दनको ३३ लिटर सुगन्धित तेलसहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–६ का २३ वर्षीय घनश्याम आले मगर, हलेसी तुवाचुङ नगरपालिका–९ का २० वर्षीय जीवन थापा, सिन्धुली हरिहरपुर गाउँपालिका–४ का ५० वर्षीय हेमकुमार श्रेष्ठ, ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका–१ का नवीन भन्ने ३९ वर्षीय मंगलसिंह लो, काठमाडौं टोखा नगरपालिका–४ बस्ने ३७ वर्षीय ईक्रम श्रेष्ठ, भक्तपुर दुवाकोट बस्ने काभ्रे बनेपा नगरपालिका–४ का ३१ वर्षीय कार्साङ्ग लामा, काठमाडौं महाराजगन्ज बस्ने, काठमाडौं महानगरपालिका–८ तिलगंगा बस्ने ५१ वर्षीय मदन पोडे, काठमाडौं चावहिल बस्न, काठमाडौं सामाखुसी बस्ने तनँहु भानू नगरपालिका–६ का २५ वर्षीय सुदिप थडराई, काठमाडौं महानगरपालिका–१३ छाउनीका ५३ वर्षीय अनिलचरण श्रेष्ठ र सोही ठाउँ घर भएका ५१ वर्षीय अनुपकुमार श्रेष्ठ छन ।
काठमाडौं महानगरपालिका–८ तिलगंगामा रक्तचन्दनको तेल प्रति लिटर ५ लाख रूपैयाँको दरले अवैध कारोबार भइरहेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाले उनीहरूलाई तेलसहित पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।
