Thursday, April 16News That Matters

मालपोत कार्यालय खोटाङमा राजश्व संकलन बढ्यो


खोटाङ मंसिर ११ : जिल्ला मालपोत कार्यालय खोटाङले चालु आर्थिक वर्ष २०७८\०७९ को चार महिनामा ५२ लाख बढी राजश्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ५२ लाख ४० हजार ५ सय ८७ रुपेयाँ राजश्व संकलन गरेको हो ।

राजीनमा, बकसपत्र, अंशबण्डा, अंश भरपाइ, संगुलनामा, दर्ताफारी, हक छोडपत्र र धितोबन्धक–दृष्टिबन्धक (रोक्का) बापत उक्त रकमको राजश्व संकलन भएको कार्यालयको रजिष्ट्रेसन फाँटका खरिदार नवराज दाहालले जानकारी दिनुभयो ।

दाहालका अनुसरा यस अवधिमा सबैभन्दा बढी कात्तिकमा १५ लाख २९ हजार ७८२ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै सबभैन्दा कम साउनमा १० लाख ५४ हजार ६४५ रुपैयाँ राजश्व संकलन भएको छ । भदौ महिनामा ११ लाख ६९ हजार ७३७ रुपैयाँ र असोज महिनामा १४ लाख ८६ हजार ३८३ रुपैयाँ राजश्व संकलन भएको छ ।

कार्यलयको तथ्यकंका आधारमा प्रत्येक महिना राजश्व संकलन बढेको देखिएको छ । कोरोना महामारी मत्थर हुँदै गएसँगै सेवाग्राहीको चाप बढेकाले राजश्व संकलनमा वृद्धि भएको खरिदार दाहालको भनाइ छ ।