
खोटाङ, मङ्सिर १२ । नेकपा माओवादी केन्द्रले खोटाङका १० वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । पार्टीको शनिबार सम्पन्न पालिकास्तरीय अधिवेशनले जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामा सहमतीय प्रक्रियाबाट नेतृत्व छनोट गरेको हो ।
माओवादी केन्द्र खोटाङका संयोजक देवान किराती ‘पृथ्वी’ का अनुसार दिक्तेल रुपाकोट मझुवागढीमा विषण राई र हलेसी तुवाचुङमा राजुविक्रम चाम्लिङको अध्यक्षतामा पार्टीको नगरपालिका कमिटि गठन भएको छ ।
साकेलामा अर्जुनकुमार खड्का ‘झङ्कार’, दिप्रुङ चुइचुम्मामा राजेन्द्र राई, खोटेहाङमा दिपेन राई, रावाबेसीमा रामबहादुर राई ‘बाबुराम’ को अध्यक्षतामा गाउँपालिका कमिटि निर्माण गरिएको छ ।
ऐँसेलुुखर्कमा अगमसिं राई, केपिलासगढीमा रुद्र राई, जन्तेढुङ्गामा बद्री किराती र वराहापोखरीमा युवराज मगर गाउँपालिका कमिटिको अध्यक्ष चयन हुनुभएको छ ।
