
खोटाङ मङ्सिर १६ : जिल्लाको दिक्तेल रुपाकोटम मझुवागढी नगरपालिका ४ खाल्लेमा नेकपा (एकीकृत समाजबादी) को वडा कमिटि गठन गरिएको छ । पार्टीका केन्द्रीय कमिटि सदस्य कुल प्रसाद शर्मा फुयलको प्रमुख आतिथ्यमा बुधबार बिषन राईको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटि गठन गरेको हो ।
कमिटिको उपाध्यक्षमा राम प्रसाद घिमिरे, सचिवमा सुजन लम्साल, उपसचिवमा चन्द्रमणी घिमिरे, कमला थापा, डम्बर पौडेल र कोषाध्याक्षमा कल्याण राई रहनुभएको छ ।
सोहि भेलाले उदिम राईको अध्यक्षतामा युवा संगठन वडा कमिटी पनि गठन गरेको छ । यस्तै खाल्लेमा पार्टी कार्यालय समेत उद्घाटन गरिएको नेकपा (एकीकृत समाजबादी) पार्टी खोटाङले जनाएको छ ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलामा लिलाबहादुर तामाङको अध्यक्षतामा र सोहि नगरपालिका ५ लफ्याङमा सोमबार भिमप्रसाद राईको अध्यक्षतामा २९÷२९ सदस्यीय वडा कमिटी गठन गरिएको पार्टीले जनाएको छ ।
